Logo

अर्थ

प्रविधिमा अब्बल नबिल, विदेशबाट पनि सहजै ‘एन रेमिट’ प्रयोग गरि तुरुन्तै पैसा पठाउन र पाउन सकिने



काठमाडौं– के तपाईं प्रवासमा हुनुहुन्छ? प्रवासमा रहेर घरमा खर्च कसरी पठाउने भन्ने सोची रहनु भएको त छैन नी। यदि त्यस्तो सोचमा हुनुहुन्छ भने नबिल बैंकको ‘एन रेमिट’ तपाईंको सजिलो सहयात्री हुन सक्छ।

३९ वर्ष लामो अनवरत यात्रामा नबिल बैंकले स्वदेश तथा विदेशमा रहेका ग्राहकहरूलाई मध्यनजर गर्दै विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ। सोही उद्देश्य अनुरुप नबिलको ‘एन रेमिट’ सेवा सञ्चालनमा छ। उक्त सेवाबाट विदेशमा रहेका नेपालीहरू लाभान्वित भइरहेका छन्।

विदेशमा रहेका नेपालीले सहज रूपमा घरमा पैसा पठाउन सकुन भन्ने उद्देश्यका साथ २२ डिसेम्बर २०२२ बाट नबिल बैंकले ‘एन रेमिट’ सेवा प्रारम्भ गरेको हो। सुरुवाति दिनमा बैंकको खातामामात्र पैसा पठाउन सकिने व्यवस्था थियो। २ अक्टुबर २०२३ बाट भने देशका जुनसुकै बैंकका खातामा पैसा पठाउन सकिने व्यवस्था गरिएको छ।

सन् १९८४ मा स्थापना भएको नबिल बैंकले ग्राहकको चाहनालाई केन्द्र भागमा राख्दै समयानुकूल विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ। ३९ वर्षीय यात्रामा बैंकले नेपालको आर्थिक विकासमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। प्रविधिको भरपुर उपयोग गर्दै उत्कृष्ट सेवा प्रवाह गरिरहेको नबिल नेपाल र नेपालीका बीच विश्वासीले बैंकका रूपमा रहेको छ। मुलुकको आर्थिक विकासका लागि नविनतम उत्पादनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

यसरी आफूलाई अब्बल बैंकका रूपमा स्थापित गरिसकेको नबिलले घरदेशमात्र नभएर प्रदेशमा रहेका नेपालीहरूलाई समेत मध्यनजर गर्दै ‘एन रेमिट’ ल्याएको हो।

पछिल्लो समय वैदेशिक रोजगारी, उच्च शिक्षा अध्ययन र भ्रमणका लागि विदेश जाने नेपालीहरूको संख्या दिनहुँ बढ्दो छ। विदेशमा रहेका नेपालीहरूलाई समेत सहज बैंकिङ सेवा प्रदान होस् भनेर यो सेवा सञ्चालनमा ल्याएको नबिलले जनाएको छ।

नबिलको ‘एन रेमिट’ सेवा लिएर विदेशको जुनसुकै स्थानबाट पनि सजिलै, केही मिनेटभित्र नेपालमा पैसा पठाउन सकिन्छ। आफ्नै मोबाइल वा ल्यापटप/कम्युटरमार्फत मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गरेर सहज रूपमा पैसा पठाउन सकिन्छ।

विदेशमा रहेका नेपालीहरूलाई सहज होस् भनेर बैंकले अनलाइनबाट नै खाता खोल्न सकिने सेवाको समेत विस्तार गरेको छ। यो सेवा प्रवाहले बैंकसम्मै पुग्नु पर्ने झन्झट हटेको छ। ग्राहकको समय बचत हुने र आफ्नो समानुकूल समयमा देश-विदेशमा रहेका ग्राहकले अनलाइनबाटै खाता खोल्न सक्ने बैंकको भनाइ छ। वैदेशिक रोजगार अथवा उच्च शिक्षाका लागि विदेशिएकाहरूले सजिलै विदेशमै बसेर नबिलमा खाता खोल्न सक्नेछन्। उनीहरूले आफ्नै खातामा पैसा जम्मा गर्नसमेत सक्नेछन्।

समय सापेक्ष आफूलाई प्रविधिमैत्री बनाउँदै लगेको बैंकले आफ्नो यो यात्रालाई समयसँगै अगाडि बढाउने जनाएको छ। ‘एन रेमिट’को प्रयोग गरेर सेवाग्राहीले जुनसुकै देशबाट पनि नेपालमा सजिलै पैसा पठाउन सक्नेछन्।

विदेशमा बस्ने ग्राहकहरूले नबिल बैंकको ‘एन रेमिट’ छनोट गरी आफ्नो मास्टर कार्ड वा भिसा कार्डहरू प्रयोग गरेर अन्तर्राष्ट्रिय बैंकहरूबाट सिधै नबिलसहित अन्य जुनसुकै बैंक खातामा पैसा पठाउन सक्ने बैंकले जनाएको छ। उक्त सेवा झन्झट रहित रहेको छ। ‘एन रेमिट’ बाट पठाएको पैसा तत्कालै नेपालमा पाउन सकिन्छ। न समय लाग्ने, न अतिरिक्त शुल्क लाग्ने, न कुनै झन्झट। ‘एन रेमिट’ सेवा निकै सहज रहेको छ।

‘नबिल बैंकको ‘एन रेमिट’मार्फत पैसा पठाउँदा ग्राहकको थप कुनै शुल्क लाग्दैन। सुरक्षित, विश्वसनीय, बिनाकुनै खाता डेबिट कार्डको प्रयोग गरी तुरुन्तै पैसा पठाउन सकिन्छ,’ बैंकका डेपुटी सिइओ विनय कुमार रेग्मी भन्छन्। उनले बैंकलाई प्रविधिमैत्री बनाउँदै लगिएको र ग्राहकको सेवालाई नै अग्रभागमा राखेर काम गरिने बताए।

‘हाम्रा दाजुभाइ ठूलो संख्यामा विदेशमा हुनुहुन्छ। रोजगारका लागि विदेशमा रहनु भएकाहरूको परिवार उहाँहरूको आम्दानीमै निर्भर हुन्छ। त्यसैले उहाँहरूले विदेशबाट सहज रूपमा घरखर्च पठाउन चाहिरहनु भएको हुन्छ। विदेशमा रहेका नेपालीहरूका लागि कुनै झन्झट बीना घरमा पैसा पठाउन सकियोस् भनेर हामीले यो सेवा प्रदान गरिरहेका हौं,’ रेग्मीले भने।

विदेशबाट पैसा पठाउँदा समय लाग्ने, चर्को शुल्क लाग्ने, तत्काल पठाउन नसकिने अथवा आफू बसेको देशको सम्बन्धित बैंकिङ च्यानल रोज्नुपर्ने अवस्था हुन्छ। तर, नबिल बैंकको ‘एन रेमिट’ त्यस्तो झन्झटिलो छैन।

नबिलको ‘एन रेमिट’ सेवा लिएर विदेशको जुनसुकै स्थानबाट पनि सजिलै, केही मिनेटभित्र नेपालमा पैसा पठाउन सकिन्छ। आफ्नै मोबाइल वा ल्यापटप/कम्युटरमार्फत मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गरेर सहज रूपमा पैसा पठाउन सकिन्छ।

एन बैंक एप’ डाउनलोड गरी अथवा आफ्नो इन्टर्नेट ब्राउसरमा https://nbank.nabilbank.com/ टाइप गरी जुनसुकै बेला पैसा पठाउन सकिने बैंकले जनाएको छ। एक पटकमा १०० देखि अधिक ५००० यूएसडी (डलर) नेपाल पठाउन सकिन्छ।

कसरी पठाउने ?

आफ्नो मोबाइलमा नबिल बैंकको मोबाइल बैंकिङ एप ‘एन बैंक’ डाउनलोड गर्नुपर्छ। उक्त एप डाउनलोड भइसकेपछि ओपन गर्दा लग इन अप्सन देखाउँछ। त्यसलाई थोरै तल स्क्रोल गर्नुपर्छ। त्यहाँ लग इन बिनै पेमेन्ट गर्ने सुविधा प्राप्त गर्नुहुन्छ। त्यसपछि एन रेमिट अप्सनमा क्लिक गर्नुपर्छ।

‘नबिल बैंकको ‘एन रेमिट’मार्फत पैसा पठाउँदा ग्राहकको थप कुनै शुल्क लाग्दैन। सुरक्षित, विश्वसनीय, बिनाकुनै खाता डेबिट कार्डको प्रयोग गरी तुरुन्तै पैसा पठाउन सकिन्छ,’ बैंकका डेपुटी सिइओ विनय कुमार रेग्मी भन्छन्।

त्यहाँ दिएको विवरणहरू प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर, खाताको नाम र खाता नम्बरको विवरण भर्नुपर्नेछ। त्यसपछि पठाउने व्यक्तिको इमेल एड्रेस, आफू बसको देशको कोड नम्बर, मोबाइल नम्बर, नाम, आफू बसेको एड्रेस, देशको नाम र कुन प्रयोजनको लागि पठाउने सो उल्लेख गरेर प्रोसिड अप्सनमा क्लिक गर्नुपर्छ।

सबै प्रक्रिया पुरा गरिसकेपछि पैसा पठाउन तयार पारिएको विवरण ठिक छ कि छैन भनेर भेरिफाइ गरी सबमिट गर्नुपर्छ। त्यसपछि आफ्नो मास्टर कार्ड वा भिसा कार्डको विवरण भर्नुपर्छ। यति विवरण भरिसकेपछि सजिलै पैसा पठाउन सकिन्छ। यसरी पठाएको पैसा पठाउनेबित्तिकै सिधै सम्बन्धित व्यक्तिको खातामा आइपुग्छ।

यसको अलावा तपाईंले वेवसाइट https://nbank.nabilbank.com/ को प्रयोग गरी ल्यापटप वा कम्युटरमार्फत पनि सजिलै पैसा पठाउन सकिन्छ।

विदेशबाटै नबिलमा खाता खोल्न सकिने

यसका साथै विदेशमा बस्ने नेपाली नागरिकले अनलाइनकै माध्यमबाट नबिल बैंकमा खाता खोलेर आफ्नै खातामा बचत पनि गर्न सक्ने छन्।

नबिल ‘एन’ बैंक एपबाट ३० सेकेण्डभित्रै ‘एन’ सेभिङ्ग खाता खोल्न सकिन्छ। खाता खोल्न ग्राहकले आफ्नो नाम, जन्म मिति, इमेल एड्रेस, मोवाइल नम्बर र नागरिकता नम्बर मात्र दिए पुग्छ। यसमा ग्राहक पहिचान फारम (केवाइसी) भरिराख्नुपर्ने झन्झट भने हुँदैन। तर, यस्तो खातामा १५ दिनसम्म मात्र डिजिटल कारोबार गर्न सकिनेछ। त्यसपछि अनिवार्य रुपमा केवाइसी भर्नुपर्ने हुन्छ।

ग्राहकले केवाइसी भर्नको लागि बैंकमा भौतिक उपस्थिति जनाइराख्नु पर्दैन। जुनसुकै स्थानमा रहेर अनलाइनमार्फत नै ग्राहक पहिचान फारम (केवाइसी) भर्न सकिनेछ। जसमा भिडियो केवाइसीको माध्यमबाट ग्राहकको प्रमाणीकरण गर्न सकिन्छ। भिडियो कलमार्फत ग्राहकले आफ्नो सक्कल प्रमाणपत्र देखाउनुपर्ने हुन्छ। त्यसपछि बैंकले एक कार्य दिनभित्रै केवाइसी प्रमाणीकरण गर्नेछ।

बैंकले कस्टमर केयर सेन्टर र भिडियो केवाइसीमार्फत् २४ सै घण्टा सेवा प्रदान गर्दै आइरहेको छ।

यसरी सेवा प्रवाह गरिरहेको नबिल बैंक प्रविधिमा निकै अब्बल रहेको छ। प्रविधिको प्रयोगले समय पनि कम लाग्ने र भरपर्दो पनि हुने भएकाले आफूलाई प्रविधिमैत्री बनाउँदै अगाडि बढाइरहेको हो। बैंकले आगामी दिनमा पनि आफ्नो सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

प्रकाशित मिति : २१ माघ २०८०, आईतवार १६:०२   :  बजे

834
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।