काठमाडौं । काठमाडौँ महानगर प्रहरीले शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई हटाएको छ । माइतीघरको निषेधाज्ञापछि आन्दोलनकारीहरु विगत लामो समयदेखि शान्तिबाटिकामा बस्दै आएका थिए ।
शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए । शान्तिबाटिका पार्कबाट हटाउन खोजेको भन्दै यसअघि पनि त्यहाँ धर्ना दिइरहेकाहरूले प्रदर्शन गर्दै आएका थिए । शान्तिवाटिकाबाट हटाएपछि पिडितहरुको बिच्चली भएको छ । उनीहरु सडक पेटि भरी बसिरहेका छन् ।
यसअघि माइतीघरमा धर्नामा बसेकाहरुलाई प्रहरी प्रशासनले हटाएको थियो । माइतीघरमा निषेधित क्षेत्र घोषणा गरेर धर्ना र प्रदर्शन गर्नेहरुका लागि भृकुटीमण्डपमा स्थान तोकिएको थियो । तर मिटरब्याज पीडित लगायतका समूह शान्तिवाटिकामा धर्नामा बस्दै आएका थिए ।
तस्बिरहरू :

































प्रतिक्रिया