काठमाडौं- कुन्नम पोखरेलले २५ वर्ष उद्यमी भएर बिताएकी छन्। उनी आफूमात्र उद्यमी होइनन्, देशमा महिला उद्यमी उत्पादनमा सेवा पुर्याउन कुन्नमले भूमिका खेलेकी छन्। उनी महिला उद्यमी महासंघ नेपालकी महासचिव हुन्। पोखरेल एसियन आमा नेपालकी अध्यक्षसमेत हुन्। पोखरेल कृषि उत्पादनमा जोड् दिनुका साथै समाजसेवा पनि सक्रिय छिन्।
काठमाडौंमा हुर्किएकी पोखरेललाई गाउँमा लामो समय बसेको अनुभव थिएन। उनको मामाघर राजविराज भएकाले कहिलेकाहीँ त्यहाँ जाने गर्थिन्। पछि सप्तरीका रोहित पोखरेलसँग उनको बिहे भयो। बिहेपछि पहिलो पटक उनी लामो समय गाउँमा बसिन्। उक्त समयमा उनका श्रीमान् त्रिभुवन विश्वविद्यालयमा एमबिबिएसमा अध्ययनरत थिए। श्रीमान् घर आएको थाहा पाएपछि गाउँका मानिस जँचाउन र स्वास्थ्य परामर्श लिन आइरहेका हुन्थे। गाउँमा बसुन्जेल उनका श्रीमान्ले स्वास्थ्य सेवा प्रदान गरिरहेका हुन्थे।
गाउँको त्यो अवस्थाले पोखरेललाई छोयो। उनको मनमा गाउँका लागि केही गर्नुपर्छ भन्ने भावना जागृत भयो। त्यसको केही वर्षपछि उनले सप्तरीमा एसियन आमा नेपाल नामक संस्था सञ्चालनमा ल्याइन्। उक्त संस्थाका माध्यमले उनले सप्तरीमा स्वास्थ्य, शिक्षामा सेवा पुराइरहेकी छिन्। यतिमात्र नभएर स्थानीय उत्पादनमा जोड दिँदै उनले थुप्रैलाई रोजगारी दिइरहेकी छन्।
पोखरेलको जन्म काठमाडौंको कालीमाटीमा वि.सं. २०२४ माघको ५ गते भएको हो। उनी चार जना भाइबहिनी मध्यकी जेठी छोरी हुन्। उनका बुबा अधिकृत थिए। आमा बैंककी जागिरे थिइन्। उनको परिवारमा पढ्नलाई एकदमै प्रोत्साहन गरिन्थ्यो। जनप्रभात माध्यमिक विद्यालयबाट उनले प्रारम्भिक शिक्षाको थालनी गरिन्।
उनले वि.सं. २०३९ सालमा एसएलसी पास गरेकी हुन्। अमृत साइन्स क्याम्पसबाट उनले आइएसी पास गरिन्। त्रिचन्द्र कलेजबाट बि एस्सी पास गरेकी पोखरेलले वि.सं. २०४६ सालमा त्रिभुवन विश्व विद्यालयबाट केमेस्ट्रीमा मास्टर्स पढ्न थालिन्।
मास्टर्स गर्दै गर्दा सप्तरीका रोहित पोखरेलसँग उनको मागी विवाह भयो। उनका श्रीमान् अर्थो स्पाइन सर्जन हुन्। त्यतिबेला उनका श्रीमान् त्रिवि शिक्षण अस्पतालमा एमबिबिएस गर्दै थिए। विवाहपछि १९९३ मा उनले मास्टर्स सकिन्। त्योबीचमा पहिलो सन्तानको रूपमा उनले छोरीलाई जन्म दिएकी थिइन्।
जापानबाट आएपछि उनले हिकास्र्ट कलेजमा माटो विज्ञान पढाउन थालिन्। उनले त्यहाँ तीन वर्ष शिक्षण गरिन्। उनकी आमाले बैंकको जागिरबाट अवकाश लिइन । घरमा बिडसको व्यवसाय सुरु गरेकी थिइन्। जसको नाम कुन्ज आर्टिस्टीक बिड वर्क्स रहेको छ। त्यसपछि उनी पनि उक्त व्यवसायमा सहभागी भइन्।
त्यसपछि १९९४ मा उनका श्रीमान् पिएचडी गर्न जापान गए। श्रीमान्सँग उनी पनि जापान गइन्। त्यहाँ उनले सोयल साइन्सबाट मास्टर्स गरिन्। जापानमा रहँदा उनको छोराको जन्म भयो। जापानमा बस्दा उनलाई सप्तरीको स्वास्थ्य, शिक्षाको अवस्था सुधारको लागि केही गर्नुपर्छ भन्ने सोच थियो। जापानमा पढ्दै गर्दा आफूसँगै पढ्ने साथीहरूसँग मिलेर उनले संस्था खोल्ने योजना बनाएकी थिइन्।
जापानबाट आएपछि उनले हिकास्र्ट कलेजमा माटो विज्ञान पढाउन थालिन्। उनले त्यहाँ तीन वर्ष शिक्षण गरिन्। उनकी आमाले बैंकको जागिरबाट अवकाश लिएर घरमा बिडसको व्यवसाय सुरु गरेकी थिइन्। जसको नाम कुन्ज आर्टिस्टीक बिड वर्क्स रहेको छ। त्यसपछि उनी पनि उक्त व्यवसायमा सहभागी भइन्। सुरुमा ५ जनाबाट सुरु गरेको व्यवसायमा पछि दुई सय जानाले काम गरिरहेका थिए। उनले बनाएका सामानहरु खरिद कर्ता हरुले अमेरिका जापान लगाएत युरोपेली देशहरुमा बजारीकरण गरिन्थ्यो। पहिले पहिले पोतेहरू जापान, भारतबाट आउँथ्यो भने अहिले ताइवान र चाइनाबाट पनि उनीहरूले सामान आयात गर्ने गरेका छन्।
महिलाहरूलाई अगाडी बढाउनुपर्छ भन्ने उद्देश्यले पनि यो व्यवसाय सुरु गरिएको उनले बताइन्। कुन्ज आर्टिस्टीक बिड वर्क्स अहिले पनि सञ्चालनमा रहेको छ। उनले बनाएका सामानहरु खरिद कर्ताहरुले अमेरिका जापान लगाएत युरोपेली देशहरुमा समेत बिक्री हुन्थ्यो । तर, केही समय यता उनले बनाएका डिजाइनहरूले पहिलेको तुलनामा बजारमा कम गइरहेको उनी बताउँछिन्। बढ्दो प्रतिस्पर्धाले बजारमा कम भएको उनको भनाइ छ।
त्यसैगरी जापानका साथीहरूकै सहयोगमा जापानमा उनले वि.सं. २०५३ सालमा एसिएन आमा नेपाल संस्था खोलेकी हुन् ।
्त्यसपछि नेपाल आएको केही समय पछि उनले सुरुमा मोबाइल हेल्थ क्लिनिक नाम दिएर उनले दुई जना हेल्थ असिस्टेन्ट राखेर संस्था मार्फत साइकलमा प्रत्येक घर–घरमा गएर उपचार गर्न थालिन्। केही समयपछि उनले त्यहाँ एक हेल्थ पोस्ट सञ्चालन गरिन्। २००८ सालमा उनले सुरक्षित मातृत्व केन्द्रका लागि एक भवन निर्माण गरिन्। उनी उक्त संस्थाकी अध्यक्ष हुन्।
त्यसपछि २०५७ कृति सामुदायिक अस्पताल सञ्चालनमा ल्याइन्। कृति सामुदायिक अस्पताल सप्तरीको कञ्चनरुप नगरपालिका- ९ मा रहेको छ। अस्पताल सुरुमा आएको डोनेसन र बेलाबेलामा आएको डोनेसनले नै चलिरहेको छ। त्यहाँ न्यून मूल्यमा उपचार स्वास्थ्य सेवा दिने गरिन्छ। अस्पतालमा १२ जना कर्मचारी र स्वास्थ्यकर्मी रहेका छन्। अस्पतालमा सामान्य उपचारदेखि प्रसुतिसेवा, एक्सरे, अल्ट्रासाउन्ड गर्ने गरिन्छ। बेला बेलामा हेल्थ क्याम्पहरू पनि सञ्चालन गरिँदै आएको उनले बताइन्। तिलगंगा आँखा अस्पतालसँगको समन्वयमा त्यहाँ वर्षमा एक पटक आँखा शिविर सञ्चालन हुँदै आएको छ। शिविरमा आँखाको नि:शुल्क अप्रेसन गरिन्छ।
अहिले अर्ग्यानिक खेतीतिर कसरी अग्रसर हुने कुरामा उनी प्रयासरत छिन्। भ्याएसम्म महिनामा एक पटक उनी सप्तरी जाने गर्छिन्।
त्यसपछि सप्तरीको विद्यालयको स्तरोन्नतिको लागि एक लाइब्रेरी पनि सञ्चालन गरिन्। त्यहाँका साना बालबालिकाहरूलाई विद्यालय जान प्रोत्साहन गर्नका लागी उनले बालविकाश सञ्चालन गरिन्। बालविकाश सञ्चालनमा ल्याइसकेपछि पनि उनलाई निकै चुनौती खेप्नुपरेको थियो। उनी भन्छिन्, ‘त्यहाँका धेरै आमाहरू आफ्ना साना बालबालिकालाई पठाउन मान्दैन थिए। बालविकाशमा हाम्रो बच्चा पठायौं भने हामीले के पाउँछौं? जस्ता कुराहरू गर्दथे। त्यसपछि त्यहाँका आमाहरूलाई घर-घरमै गएर बालविकाश बारे बुझाएपछि मात्रै बच्चाहरू पठाउन थालेका थिए।’
अहिले रोजगारी दिने उद्देश्यले सप्तरीमा नै उनले कृषि फर्म खोलेकी छन्। उनले सप्तरीमा १० बिघामा कृषि सुरु गरेकी हुन्। त्यहाँ उनले आँप र लिची उत्पादन गर्दैन आइरहेकी छन्। जहाँ १२ जानालाई रोजगारी पनि दिइरहेकी छन्। पछिल्लो समय उनले उत्पादन गरेका आँपबाट अचार पनि बनाएकी थिइन्। कृषि उत्पादनमा जोड दिने उद्देश्यले उनले थप अरू अन्नहरू पनि उत्पादन गरेर बजारीकरण गर्ने योजना बनाइरहेकी छन्। उनी भन्छिन्, ‘अहिले प्राय: कृषि गर्नुभन्दा सबै टेबलमा बसेर काम गर्न रुचाउँछन्। तर, खानको लागि कृषि उत्पादनमा जोड दिनुपर्छ। खेतीगर्ने मान्छेहरू सहर काम गर्न जाने भएकोले गाउँघरमा खेतहरू बाँझै हुने अवस्था देखिन्छ।’
अहिले अर्ग्यानिक खेतीतिर कसरी अग्रसर हुने कुरामा उनी प्रयासरत छिन्। भ्याएसम्म महिनामा एक पटक उनी सप्तरी जाने गर्छिन्। गाउँ गएको बेला उनले आँपको अचारको तालिम दिनुको साथै त्यहाँ उत्पादन हुने अमला, कटहर, चामल, तेल, बेसार, दालहरूलाई बजारसम्म कसरी जोड्ने भनेर उनी त्यसको खाका तयार गर्दैछिन्।
महिला उद्यमी महासंघसँग जोडिएको १५ वर्ष भइसकेको छ। यसभन्दा पहिले उनी ललितपुरमा रहेको महिला उद्यमी संघसँग आबद्ध थिइन् जसको मेम्बर भएको उनलाई २० वर्ष भइसकेको छ। उनी अहिले महिला उद्यमी महासंघ नेपालको महासचिव हुन्। उनी महासचिव भएको ६ महिना भइसकेको छ।
त्यो देशभरका महिला उद्यमीहरूको सञ्जालको भएको महासंघ हो। अहिले ६६ जिल्लामा संघ फैलिएको छ। महासंघमा ५ हजार २ सय महिला ब्यवसायी आबद्ध छन् । महिला उद्यमी महासंघले देशैभर छरिएर रहेका महिला उद्यमी हरु को क्षमता अभिबृद्धि , उनी हरुका मुद्दा को सरकार सँग पैरबि, सन्जाल बिस्तार र बजारिकरण मा सहयोग पुर्याउने योजना तथा कार्य गर्दछ। अहिले संघका माध्यमबाट दोलखा तथा बर्दियामा होम स्टे र दोलखामा फुल उत्पादन को पनि तालिम भइरहेको. उनले बताएकी छन्। आगामी दिनमा पनि उनले व्यवसाय गर्दै महिलाहरूको क्षमता अभिवृद्धिमा सक्रिय रहने बताएकी छन्।




















प्रतिक्रिया