काठमाडौं- संघीय राजधानी काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिका पार्कमा बस्दै आएका पीडितहरूलाई काठमाडौं महानगरीय प्रहरीले हटाएपछि उनीहरूको कन्तबिजोग भएको छ।
मिटरब्याज पीडित, बलात्कार आरोपित न्यायाधीश भुवन गिरीकी पत्नी, आरती साहको परिवार शान्तिवाटीका पार्कमा बसेर लामो समयदेखि न्यायका लागि आवाज उठाउँदै आएकोमा उनीहरूलाई सम्पदा क्षेत्रमा बस्न नदिने भन्दै महानगरले पार्कबाट लछारपछार गरी बाहिर निकालेपछि अवस्था नाजुक बनेको हो।
पार्कभित्र बस्दै आएका पीडितहरू मंगलबार दिउँसोदेखि शान्तिवाटिका पार्क अगाडिकै फुटपाथमा बसिरहेका छन्। फुटपाथमा उनीहरूलाई चिसो रात र धुम्म दिन कटाउन निकै कष्टकर बनिरहेको छ।
माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्दा शान्तिवाटिका पार्कमा बस्दै आएका पीडितहरूलाई त्यहाँ पनि बस्न नदिएपछि राज्यलाई कहाँ गएर आफ्नो गुनासो सुनाउने भन्दै पीडितहरूले दुखेसो पोखिरहेका छन्।
आफूहरूले न्याय पाउनु पर्नेमा न्यायका लागि आवाज उठाउँदा समेत राज्यबाट आवाज उठाउने स्थान पाउन पनि मुस्किल भएको उनीहरूको दुखेसो छ।
तस्बिरहरू:
























प्रतिक्रिया