काठमाडौं- मान्छेको जीवनमा कतिखेर कस्तो आर्थिक समस्या आइपर्छ थाहै हुँदैन। मानिससँग नगद रकम नभए पनि आफूसँग भएको अन्य धन सम्पत्ति अप्ठ्यारोको सहयात्री भइदिन सक्छ। आफूसँग भएको सुन, जग्गा जमिनले पनि मानिसलाई आर्थिक असहजतामा सहजता प्रदान गर्छ।
के तपाईंले कुनै व्यवसाय गर्न चाहिरहनु भएको छ? वा सन्तानलाई अध्ययनका लागि विदेश पठाउन खोज्नु भएको त छैन? अथवा कुनै अन्य कार्य गर्न खोजिरहनु पो भएको छ कि? यस्ता योजना बुनिरहँदा तपाईंसँग सुन छ तर पैसा छैन भनेर चिन्तित हुनुहुन्छ भने असहजतामा सहजताको सारथि हुन सक्छ नबिल बैंक।
ग्राहकको आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै नबिल बैंकले ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना ल्याएको छ। यस योजनाअन्तर्गत तुरुन्तै सुन धितो राखेर ग्राहकले गोल्ड लोन लिन सक्छन्। बैंकले ग्राहकलाई विना कुनै झन्झट सुन धितो राखी एक घण्टाभित्र नै ऋण पाउन सक्ने योजना ल्याएको हो । यस योजनाअन्तर्गत १२.३० प्रतिशत ब्याजमा बैंकले १० लाख रुपैयाँसम्मको ऋण प्रदान गर्दै आएको छ।
प्रविधिमैत्री सेवामा अब्बल नबिल बैंकले ग्राहकको सेवालाई मध्यनजर गर्दै सेवाका विभिन्न नवीनतम आयामहरू पनि थप्दै आएको छ। बैंकले देश र विदेशमा रहेका सेवाग्राहीलाई मध्यनजर गर्दै विभिन्न सेवा प्रदान गरिरहेकोमा गोल्ड लोन पनि उसको प्रभावकारी सेवा हो।
आवेदन दिएको एक घण्टाभित्रै सहजरूपमा ऋण उपलब्ध गराइँदै आएको बैंकका रिटेल लेन्डिङ युनिट प्रमुख चादनी श्रेष्ठले बताइन्।
आवेदन दिएको एक घण्टाभित्रै सहजरूपमा ऋण उपलब्ध गराइँदै आएको बैंकका रिटेल लेन्डिङ युनिट प्रमुख चादनी श्रेष्ठले बताइन्। ‘हाम्रो चाहना कुनै मानिसलाई अप्ठ्यारो नपरोस् भन्ने हो। तर, कुन समयमा कस्तो भवितव्य पर्छ थाहै हुँदैन। ग्राहकहरूका विभिन्न समस्यालाई मध्यनजर गर्दै हामीले चाँडो पाउन सकिने झन्झटरहित गोल्ड लोन प्रदान गरिरहेका हौं,’ श्रेष्ठ भन्छिन्।
धितो राखेको सुनको निःशुल्क बिमाको व्यवस्था पनि बैंकले नै गरिदिने गरेको छ। बैंकले ग्राहकका विभिन्न वित्तीय आवश्यकता पूरा गर्न यसप्रकारको कार्यक्रम ल्याएको मात्यले बताए।
‘कोही मानिस बिरामी हुनसक्छ। आफूसँग सुन छ तर नगद रकम छैन तत्काल नबिलमा सुन राखेर एक घण्टाभित्रै पैसा पाउन सकिन्छ। बैंकमा सुन धितो राखेर कुनै व्यवसाय वा सन्तानलाई उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउन सकिन्छ,’ उनले भने।
कसरी सुरु भयो नबिलमा गोल्ड लोन सेवा?
२०७८ वैशाख १७ गते नबिल बैंक र युनाइटेड फाइनान्स लिमिटेडबीच गाभिने सम्झौता भयो। दुई संस्था आपसमा गाभी सकेपछि तत्कालीन युनाइटेड फाइनान्सले गोल्ड लोन प्रदान गरिरहेको थियो। नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गरिसकेपछि गोल्ड लोनलाई निरन्तरता दियो। नबिलमा युनाइटेड गाभिदा गोल्ड लोनको पोर्टफोलियो ६ करोड थियो।
न्यूरोडको धर्मपथ, मूलपानी, बुटवलको चौतारा, इटहरी, विराटनगर, भैरहवा, पोखराको मालेपाटन, नेपालगञ्जको धम्बोची ब्रान्चबाट युनाइटेडले गोल्ड लोन दिइरहेकोमा नबिलमा समाहित भइसकेपछि नबिलले पनि सुरुवाती दिनमा ती स्थानबाट गोल्ड लोनलाई निरन्तरता दिएको देखिन्छ।
पछि २०७८ पुस २९ गते नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीच एक आपसमा मर्जरमा जाने सहमति भएको भयो। एनबीको बैंकले पनि कालीमाटी, धरान, कुमारीपाटी, फिदिम शाखाबाट तत्कालीन समयमा गोल्ड लोन प्रदान गरिरहेको थियो।
उपत्यकाभित्रका ग्राहकले कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट गोल्ड लोन लिन सक्ने छन्। उपत्यकाबाहिरका ग्राहकका लागि धरानको महेन्द्रपथ, बुटवलको चौतारा, नेपालगन्जको भानुभक्त चोक, फिदिम र चिप्लेढुंगाबाट सुन कर्जा लिन सकिने बैंकले जनाएको छ।
यसरी एनबी बैंक र युनाइटेड फाइनान्स, नबिलमा गाभिँदा गोल्ड लोन प्रदान गर्ने शाखाको संख्या ११/१२ हुन पुग्यो। कतै नजिकैका दुई शाखाबाट गोल्ड लोन दिनुपर्ने अवस्था आएपछि नबिल बैंकले त्यसलाई व्यवस्थित गर्दै हाल देशका ८ शाखाबाट उक्त सेवा प्रदान गरिरहेको छ।
उपत्यकाभित्रका ग्राहकले कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट गोल्ड लोन लिन सक्ने छन्। उपत्यकाबाहिरका ग्राहकका लागि धरानको महेन्द्रपथ, बुटवलको चौतारा, नेपालगन्जको भानुभक्त चोक, फिदिम र चिप्लेढुंगाबाट सुन कर्जा लिन सकिने बैंकले जनाएको छ।
लोनको पोर्टफोलियोलाई बढाउँदै लैजाने योजना रहेको बैंकको भनाइ छ। गोल्ड लोनको प्रभावकारिता बढिरहेकाले १२ ब्रान्चमा सेवा थपेर २० ब्रान्चबाट गोल्ड लोन दिने योजना बैंकको रहेको छ।
कसरी लिने गोल्ड लोन?
बैंकले गोल्ड लोन ग्राहकको आपत्कालको सारथि बनिरहेको जनाएको छ। गोल्ड लोन लिन धेरै समय नलाग्ने र झन्झट रहित रहेकाले आपत्कालको सारथि बन्ने गरेको बैंकले दाबी गरेको हो।
गोल्ड लोन लिनका लागि कुनै डकुमेन्ट चाहिँदैन। सुन वा गरगहना लगेर बैंकमा जाँदा त्यसको भ्यालु गरेर बैंकले तत्काल ऋण प्रदान गर्छ। गोल्ड टेस्टरले भ्यालुलेसन गरेर ६० प्रतिशतसम्म ऋण दिने गरेको बैंकले जनाएको हो।
व्याज चाहिँ प्रत्येक महिना फरक फरक हुने भएकाले तलमाथि भइरहने बताइएको छ। मासिक रूपमा बैंकले ब्याजदर प्रकाशित गर्ने गरेकाले सोही अनुरूप व्याज निर्धारण हुने बैंकको भनाइ छ। माघको लागि गोल्ड लोनमा आधार दरमा ३ देखि ४ प्रतिशत ऋणको व्यवस्था रहेको बैंकका रिटेल लेन्डिङ युनिट प्रमुख चादनी श्रेष्ठले बताइन्।
कतिपय ग्राहकलाई नबिको गोल्ड लोनका बारेमा थाहा नभएर यसै समाचारमार्फत सेवा लिन बैंकले आग्रह गरेको छ।
बैंकले देशभर दुई सय ६६ शाखा, २२ एक्सटेन्सन काउन्टर र तीन सय १३ एटिएम मेसिनमार्फत सेवा दिँदै आएको जनाएको छ।




















प्रतिक्रिया