Logo

आजको तस्बिर

प्रणय दिवस आउँदै गर्दा गुलाबमय गिफ्ट पसल [तस्बिरहरू]



काठमाडौं- रातो गुलाबलाई प्रेम प्रतिकको रूपमा लिइन्छ। प्रणय दिवस नजिकिँदै गर्दा देशभरका गिफ्ट पसलहरू रातो गुलाबले छपक्क भइसकेका छन्।

यस वर्षको प्रणय दिवसलाई तीन लाख ५० हजार स्टिक गुलाफको माग रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ। कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन र ९० प्रतिशत गुलाब भारतबाट आयात गरिएको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए।

मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षमा जस्तै यस वर्ष पनि भारतबाट गुलाब ल्याइएको उनले बताए। यस वर्ष रातो गुलाब प्रतिस्टिक ८० रुपैयाँदेखि सय रुपैयाँसम्म पर्ने उनको भनाइ छ।

प्रणय दिवस अर्थात भ्यालेनटाइन्स डे फेब्रुअरी १४ तारिखमा मनाइन्छ। कूल मागको ६० प्रतिशत काठमाडौं उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाब देशका अन्य सहरमा खपत हुने एसोसियसनले जनाएको छ। प्रणय दिवसमा मात्रै रातो गुलाबको कारोबार तीन करोड ५० लाख रुपैयाँको हुने अनुमान छ।

रातो गुलाब विशेष गरी काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा व्यावसायिक रुपमा खेती गरिन्छ।

हजारौं वर्षदेखि, गुलाब प्रेम र स्नेह व्यक्त गर्न प्रयोग गरिन्छ। यस कारण, गुलाब देख्दा मानिसहरूको मनमा यस्तै भावनाहरू आउँछन्।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार १०:११   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।