Logo

खेलकुद

क्यानडाविरुद्ध नेपालले लियो दोस्रो विकेट



काठमाडौं- तेस्रो एकदिवसीय खेलमा टस जितेर बलिङ गरिरहेको नेपालले क्यानडाविरुद्ध दोस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दोस्रो विकेट लिएको हो। नेपालका लागि आकास चन्दले दोस्रो विकेट लिए। उनले क्यानडाका श्रीमन्था विजेरत्नेलाई २२ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए।

क्यानडाले १४ ओभरमा २ विकेट गुमाउँदा ५५ रन जोडेको छ। त्यसअघि नेपालले तेस्रो ओभरमै पहिलो विकेट लियो। नेपालका लागि हेमन्त धामीले आरोन जोनसनलाई ४ रनमा देव खनालबाट क्याच गराएका थिए।

यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ। फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग-२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो।

कीर्तिपुर मैदानमा हुने लिग-२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ११:०५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।