काठमाडौं- घर मान्छेको जीवन जीउने आधार शिला हो। प्रत्येक मानिसको चाहना हुन्छ, जीवनमा एउटा सुन्दर घर बनाउँछु। जहाँ म र मेरो परिवार खुसी जीवन जिउन सकुँ। अहिले त झनै प्रविधिको समय हो। मान्छे ‘स्मार्ट’ भइसकेका छन्। अहिलेका मान्छे घर पनि ‘स्मार्ट’ होस् चाहन्छन्।
यही आवश्यकतालाई मध्यनजर गर्दै नबिल बैंककले २ करोडसम्मको ‘सस्टेनेबल हाउजिङ लोन’ योजना ल्याएको छ। बैंकले हाउजिङ लोन त आफ्नो स्थापनाकालदेखि नै प्रदान गर्दै आएको थियो। घर कर्जाका रूपमा प्रदान गर्दै आएको लोनको क्षेत्रलाई थप विस्तार गर्दै लगेको छ। हाल नबिलले २ करोडसम्मको सस्टेनेबल हाउजिङ कर्जा योजना ल्याएको छ।
बैंककले रिटेल लोन सुरु गरेदेखि नै आवास कर्जा ऋण सुरु गरेको बैंकको रिटेल लेन्डिङ युनिट प्रमुख चादनी श्रेष्ठ बताउँछिन्। ‘अहिले विभिन्न स्किमहरू ल्याएका छौं। बेस् रेटको मोडेलमा इन्ट्रेस्ट रेटलाई लग्नुपर्छ भनेर राष्ट्र बैंकले नियम ल्यायो। बैंकको लागत र कष्टअफ डिपोजिटलगायत बैंकको अन्य खर्च बेस् रेजमा समावेश भएको हुन्छ,’ श्रेष्ठले भनिन्।
यस अर्थमा महिनामा बेस् रेट घट्न सक्ने वा बढ्न सक्ने दुवै सम्भावना हुने उनले बताएकी छन्। ‘बेस् रेटमा प्रिमियम जोडेर भन्दा मानौ १० प्रतिशतमा दुई प्रतिशत प्रिमियम जोड्दा १२ प्रतिशत हुन आउँछ। बेस् रेट घटेर साढे नौ हुन आयो भने पनि साढे ११ हुन आयो। त्यसैले बेस् रेटसँग प्रिमियम जोडिने भएकाले नर्मल क्लाइन्टलाई मेरो किस्ता कति हो भन्नेमा दुविधा हुन सक्छ। त्यसैले हामीले नबिल ढुक्क घर कर्जा ल्याएका छौं,’ उनले भनिन्।
हाउजिङ लोन लिनका लागि आफूले बनाउन लागेको घर र जग्गालाई धितो राख्नुपर्छ। बैंककले घर र जग्गाको भ्यालु गरेर ६० प्रतिशतसम्म ऋण पाउँछ।
नबिल ढुक्क घर कर्जामा रेट फिक्स गरिएको बैंकले जनाएको छ। ऋण लिएको ७ वा १० वर्षसम्म व्याजको दर चेन्ज नहुने व्यवस्था गरिएको बैंकको भनाइ छ। दुई करोडसम्मको घर कर्जा भएमा सात वर्षसम्मलाई बैंकले ९.९९ प्रतिशत स्थित व्याजदर लगाउँछ। त्यो ऋणमा बेस् रेट फेरिँदा पनि कुनै फरक पर्दैन। १० वर्षको लागि दुई करोड ऋण लिँदा १०.४९ प्रतिशत व्याज फिक्स हुने बैंकको भनाइ छ।
ऋण अवधि २० देखि २५ वर्षसम्म फिक्स गर्न सकिने भए पनि व्याज भने पहिलो सात वा १० वर्षमात्र फिक्स हुने र त्यसपछि फेरिने बैंकको भनाइ छ।
ठूलो ऋण लिएर कर्जा अवधिको समय धेरै राखेर कम समयमै तिर्ने सुविधा पनि घर कर्जामा रहन्छ। ग्राहकले सात वा १० वर्षमै पुरै ऋण चुक्ता गर्न सकिने पनि बैंककले जनाएको छ। बैंकले घर कर्जाका लागि सात लाखदेखि ऋणदिन सुरु गर्छ।
हाउजिङ लोन लिनका लागि आफूले बनाउन लागेको घर र जग्गालाई धितो राख्नुपर्छ। बैंककले घर र जग्गाको भ्यालु गरेर ६० प्रतिशतसम्म ऋण पाउँछ।
के हो ‘सस्टेनेबल हाउजिङ लोन’?
बैंकले ‘सस्टेनेबल हाउजिङ लोन’ लिन चाहनेहरूका लागि पानी र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्य गरिरहेको छ।
‘सस्टेनेबल हाउजिङ लोन’ विद्युत खपत कम गर्ने र पानीको पुनः प्रयोग बढाउनेलाई सहजै ऋण दिने बैंकले जनाएको छ। बैंकले यो योजनामा न्यूनतम ७ लाखदेखि अधिकतम २ करोड कर्जा दिने जनाएको छ।
कर्जा पाउनका लागि विद्युत कम प्रयोग गर्ने, झ्याल ठूलो राखेर वातावरण मैत्री, आकासे पानीको प्रयोगलाई सदुपयोग गर्न सक्ने खालको (घर बनाउँदा प्रयोग भएका उपकरण प्रकाश आउने खालका प्रयोग गर्ने) र घरमा वैकल्पिक ऊर्जा प्रयोग गरेको हुनुपर्ने सर्त बैंकले राखेको छ।
‘यो कर्जाले क्रमिक रूपमा मानिसहरूलाई सचेत गराउने विस्वास हाम्रो छ। बैंकले एउटै खाले ऋणीलाई मात्र होइन, सबै सरोकारवालालाई समेटेर कर्जा लगानी गर्छ भन्ने सन्देश पनि दिने हाम्रो उद्देश्य हो,’ श्रेष्ठ भन्छिन्। बैंकले सन्टनेवल बैंकिङको काम गरिरहेकोमा सोही अन्तर्गत यो ऋणको व्यवस्था गरिएको उनले जानकारी दिइन्।
बैंकले यो योजनामा सहभागी हुनेलाई ७ वर्षसम्मका लागि आधार दरमा १ प्रतिशत प्रिमियम थपेर वा १०.४९ प्रतिशत ब्याजदरमा फिक्स्ड कर्जा दिनेछ। यो घर कर्जा लोन भन्दा अलि फरक छ।
‘सस्टेनेबल हाउजिङ लोन’ लिनका लागि केही सस्टेनेबल हाउजिङ बनाएको विवरण पेस गर्नुपर्ने बैंकले जनाएको छ।
सस्टेनेबल हाउजिङ बनाउँदा खर्चिलो भए पनि यो टिकाउ हुने बैंकले जनाएको छ। यसबाट प्राप्त हुने सेवा सस्तो हुने भएकाले बनाउँदाको खर्च नहेरेर अगाडि बढ्दा राम्रो हुने बैंकको सुझाव छ। वातावरणमैत्री घर हुने भएकाले पनि ‘सस्टेनेबल हाउजिङ लोन’ प्रदान गरेर राष्ट्रलाई सहयोग पुर्याउने उद्देश्य पनि बैंकको रहेको श्रेष्ठको भनाइ छ।
प्रतिक्रिया