Logo

प्रमुख समाचार

अध्यागमन विभागका महानिर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मेलम्ची खानेपानी आयोजनामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामाङसहितलाई आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मेलम्ची खानेपानी विकास समितिको बोर्ड सदस्य रहेका बेला भएको अनियमिततामा अख्तियारले तामाङलाई प्रतिवादी बनाएको हो । उनीविरुद्ध ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रुपैंया बिगो, बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १७:१२   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।