Logo

अर्थ

मिटरब्याज पीडितले प्रदर्शन गर्ने भनेपछि बालुवाटार क्षेत्रको सुरक्षाव्यवस्था उच्च [तस्बिरहरू]



काठमाडौं । विभिन्न २८ वटा जिल्लाबाट हिँडेरै काठमाडौं आइपुगेका मिटरव्याज पीडितहरुले आजदेखि निर्णायक आन्दोलनका लागि प्रदर्शन गर्ने जनाएका छन्। उनीहरू विभिन्न २८ वटा जिल्लाबाट काठमाडौं प्रवेश गरेका हुन्। काठमाडौंका विभिन्न स्थानमा छरिएर रहेका पीडितहरुले आज प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने जनाएका छन्।

करिब तीन हजारको संख्यामा रहेका उनीहरू पैदलै काठमाडौं प्रवेश गरेका हुन्। उनीहरूले फर्जी तमसुक च्यातिनुपर्ने, चेकलाई अवैध घोषणा गरिनुपर्ने, उच्च स्तरीय आयोग गठन गरिनुपर्नेलगायतका माग अघि सारेका छन्।

उनीहरूले आफ्नो कार्यक्रमको नाम ‘न्याय मार्च’ राखेका छन्। महाकाली–चितवन–काठमाडौंसम्म पैदल यात्रा गर्ने उनीहरूको घोषणा थियो। मिटर व्याज पीडित तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति गठन गरेर आन्दोलन थालेका हुन्।

पीडित पुनम महतका अनुसार आज अपराह्न बालुवाटर घेराउको योजना बनाएका छन्। यससँगै बालुवाटार क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन भएका छन्।

तस्बिरहरू :

  

 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १३:११   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।