काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ रहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३९५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।




















प्रतिक्रिया