Logo

प्रमुख समाचार

शिशु चोर्ने महिलाले श्रीमानलाई फोनमा भनेकी थिइनः हाम्रो सन्तान जन्मियो, हजुर बाबा बन्नुभयो



थापाथलीस्थत प्रसूति गृहबाट शुक्रबार २६ दिनको शिशु चोरी गरेर पक्राउ परेकी दैलेख नौमुलेकी २६ वर्षीया मानकुमारी सिंहले श्रीमानलाई भने आफूले शिशु जन्माएको जानकारी दिएकी थिइन् । उनले टेलिफोनमा आफू सुत्केरी भएको र बच्चा र आफ्नो अवस्था सामान्य रहेको बताइकी थिइन् ।

खबर सुनेर श्रीमान खुसी भए । सरकारी जागिरको सिलसिलामा दोलखातिर रहेका उनी शनिबार बिहान काठमाण्डु आउने सुरुमा थिए । तर, राति नै शिशु चोरी आरोपमा जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले उनलाई पक्राउ गरेपछि श्रीमानको खुसी धेरै समय टिक्न सकेन ।

श्रोतका अनुसार प्रहरीले ती महिलाका श्रीमानलाई टेलिफोन गरी शिशु चोरी आरोपमा श्रीमती पक्राउ परेकोबारे जानकारी गराएको छ । यो खबर सुनेर उनका श्रीमान आश्चर्य चकित भएको एक प्रहरी अधिकृतले बताए ।

‘मलाई त बूढा हाम्रो बच्चा जन्मियो, हजुर बाबा बन्नुभयो भनेर फोन गरेकी थिई’, उनले प्रहरीलाई भनेका छन् ।

अत्याधिक रक्तश्राब भएपछि ती महिलालाई थापाथली प्रसूति गृहमा नै भर्ना गरिएको छ । सिंहले शुक्रबार काभ्रेकी एक महिलाको २६ दिनको शिशु चोरेर फरार भएकी थिइन् ।

प्रकाशित मिति : फाल्गुन १२, २०८० शनिबार  १२ : ०५ बजे

2.295k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।