Logo

अर्थ

साताको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य



काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाल सुन आइतबार प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गत कारोबार दिन उक्त सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदी तोलामा पाँच रुपैयाँ बढेर कारोबार भइरहेको छ। चाँदीको मूल्य एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार ११:१३   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।