Logo

प्रमुख समाचार

सुन जाँचबुझ समितिले माग्यो थप १५ दिन समय



काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले काम नसकिएको भन्दै थप १५ दिन समय मागेको छ ।

सरकारले गत असोज १५ गते आयोगका अध्यक्ष डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको थियो । जसअनुसार प्रारम्भमा ३ महिनाको कार्यावधि प्राप्त गरेकोमा २ महिना अवधि थप भइसकेको छ । थपिएको २ महिनाको समय पनि १५ फागुनमा सकिँदैछ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट गत साउनमा ६० किलो भन्दा बढी सुन तस्करी भएको पाइएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिनको माग गर्दै लगातार संसद अवरोध गरेको थियो ।

थपिएको १५ दिन अवधिमा आयोग प्राप्त प्रमाणहरुको अध्ययन, विश्लेषण गरी प्रतिवेदन तयारीमा लाग्ने बताएको छ ।

‘आयोगले यो महिनाको मशान्तभित्रै नेपाल सरकारसमक्ष प्रतिवेदन पेश गर्ने व्यहोरासमेत अनुरोध गर्दै हालसम्मको सद्भाव र सहयोगका लागि आयोग सम्बन्धित सबैमा धन्यवाद व्यक्त गर्दछ’ अध्यक्ष आचार्यले विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति : फाल्गुन १४, २०८० सोमबार  ४ : ३९ बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।