Logo

अर्थ

सडकमा दूध पोख्दै कृषिमन्त्रीको राजीनामा माग



रुपन्देही- किसानहरूले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा दूध पोख्दै कृषिमन्त्रीको राजीनामा माग गरेका छन्। दूग्ध किसानको समस्याप्रति सरकार गम्भीर नभएको भन्दै दुग्ध उत्पादक सहकारी संघको आह्वानमा उनीहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा माग गरेका हुन्।

उनीहरूले दूध पोखेर मन्त्रीको राजीनामा सहित चक्काजाम गरेका छन्। रुपन्देही शाखाले बुटवलको राजमार्ग चौराहामा चक्काजाम गर्न लाग्दा प्रहरीको अवरोध भएपछि कोणसभा गरेका थिए। सडकमा केहीबेर प्रहरी र किसानबीच ठेलमठेल भएको थियो।

दूधको भुक्तानी दे, किसान मार्न पाइँदैन, कृषि उत्पादनको बजार सुनिश्चित गर, कमिशन खोर मुर्दावाद, हाम्रो माग पूरा गर, कृषि क्षेत्रको बिचौलिया अन्त्य गर, दूधको चोरी पैठारी बन्द गर, दूधजन्य पदार्थको आयात बन्द गर, दूधको भुक्तानी तत्काल गर, दूधको बजारको सुनिश्चितता गर, कृषि अनुदान व्यवस्थित गरलयायतका नारा लगाउँदै किसानहरू सडकमा उत्रिएका हुन्।

दुग्ध उत्पादक संघका केन्द्रीय सञ्चालक सदस्य तथा रुपन्देही अध्यक्ष लेखनाथ पाण्डेले केन्द्रीय सर्कुलर अनुसार नै आफूहरू चक्काजामको कार्यक्रम गर्न लाग्दा प्रहरीबाट दमन गर्न खोजेको आरोप लगाए।

कार्यक्रममा संघका उपाध्यक्ष खिमलाल पाण्डेले शान्तिपूर्ण प्रदर्शन र चक्काजामको कार्यक्रममा प्रहरी हस्तक्षेप भएको भन्दै केन्द्रसँग समन्वय गरी थप आन्दोलनका कार्यक्रम तय गरिने बताए।

प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार  १ : ५८ बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।