काठमाडौं । नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठलाई लिएर नयाँ फिल्म ‘केटी हराएको सूचना’ निर्माणको घोषणा गरिएको छ ।
सोमबार स्क्रिप्ट पूजा गर्दै यो फिल्म निर्माणको घोषणा भएको हो । नाजिर र सृष्टिले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।
ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्मलाई दीपेन्द्र गौचनले लेखन तथा निर्देशन गर्दैछन् । यसअघि गौचनले सिरियल ‘उजेली’ निर्देशन गरेका थिए ।
नकिम उद्दिमको लगानी रहेको यो फिल्ममा अम्बर महर्जनको छायांकन रहनेछ । अम्बर महर्जन छायाँकार रहेको फिल्मको बिहीबार देखि काठमाडौँ र जनकपुरमा गरिने निर्माण पक्षले जनकारी दिएको छ ।
यस्तै, सृष्टिले फिल्म ‘११ः५५’को छायांकन केही साता अगाडि सकाएकी छिन् ।’ नायक नाजिरको यति बेला हलहरूमा फिल्म अगस्त्य च्याप्टर १ प्रदर्शनरत छ । यो फिल्मबाट उनको तारिफ भइरहेको छ ।
प्रतिक्रिया