Logo

कर्पोरेट फोकस

निजी ‘कन्सेप्ट प्रालि’ ले दिन नसकेको रकम नगरपालिकाले दिएपछि काठमाडौँ प्लाजा खालि गर्न साता दिने अल्टिमेटम 



नेपाल ट्रस्ट कार्यालयले कमलादीस्थित काठमाडौं प्लाजा खाली गर्नका लागि ७ दिने अल्टिमेटम दिएको छ । ट्रस्टले बुधबार एक सूचना जारी गर्दै प्लाजा खालि गर्न सुचना दिएको छ । सूचनामा पटक–पटक सूचना गर्दा पनि अटेर गरेकाले पुनः सूचना जारी गरेको समेत जनाएको छ । 

हाल काठमाडौं प्लाजा कन्सेप्ट डेभलपर्स प्रा.लि.ले सम्झौता गरि भाडामा सञ्चालन गरिरहेको छ । तर कम्पनीसँगको सम्झौता गत असार २ गते सकिएको छ । सम्झौताको ७ नम्बर बुँदामा सम्झौताको अवधि २०७७ असार २ सम्म कायम रहने  र  प्रचलित कानुन संशोधन भई उक्त सम्झौतासँग नबाझिएको हदसम्म पछि कुनै कानुन संशोधन भए पनि त्यही  सम्झौता कायम रहने उल्लेख गरिएको छ । सम्झौता समय सकिन लागेसँगै कन्सेप्टले पुन सम्झौता गरिपाउँ भनि निवेदन समेत दिएको थियो तर ट्रस्टको सञ्चालक समितिले प्रस्तावित रकम न्युन रहेको भन्दै अस्विकृत गरेको थियो । सोही अनुसार अहिले ट्रस्टले खाली गर्न दाबी गरेको हो । 

‘यता महानगरपालिकाले १० वर्षका लागि उक्त भवन भाडामा लिन सम्झौता गरिसकेको छ ।  मन्त्रिपरिषद्को २०७७ असार २ गते सम्पन्न बैठकले प्लाजा काठमाडौँ महानगरपालिकालाई लिज–भाडामा दिने निर्णय गरेको छ । अहिले ट्रष्टले प्रतिमहिना ६० लाख ५० हजारमा कामपालाई दिने सम्झौता गर्ने निर्णय गरेको हो । 

असार २ गते अध्यावधिक गरिएको सम्झौता सकिएको तथा सो सम्बन्धमा पटक पटक मौखिक तथा लिखित सूचना गर्दा पनि कन्सेप्ट डेभलपर्सले हालसम्म पनि उक्त काठमाडौं प्लाजा भवन खाली गरी नेपाल ट्रस्टलाई हस्तान्तरण गर्न अटेर गरिरहेको हुँदा अबको मितिले ७ दिनभित्रमा भवन सम्पूर्ण रुपमा खाली गरिदिन सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार  ११ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।