काठमाडौं- सोमबार ६ प्रतिशतको वृद्धि भई बन्द भएको सेयर बजार मंगलबार भने खुल्नासाथ उच्च गिरावट देखिएको छ।
कारोबार खुलेको आधा घण्टामा नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४५ अंक अर्थात् २.१९ प्रतिशत घटेको छ। परिसूचक घट्दा कारोबार रकम भने उच्च भएको छ। आधा घण्टामै १ अर्ब १९ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ।
११ : ३० बजेसम्म ३४ कम्पनीको मूल्य बढ्दा २०५ को घटेको छ भने ६ को स्थिर रहेको छ। सबै क्षेत्रका सूचकहरु घटेका छन्। ११ : ३० सम्म बैंकिङ २.४, विकास बैंक २.६, फाइनान्स १.८, होटल १.८, हाइड्रोपावर २.३, जीवन बीमा २.५, उत्पादन २.४, निर्जीवन बीमा १.३ र अन्य समूह २.६ प्रतिशत घटेका छन्।
प्रतिक्रिया