Logo

प्रमुख समाचार

कांग्रेस कर्णालीका मन्त्रीहरू राजीनामा दिँदै



सुर्खेत- कर्णाली प्रदेशका तीन जना मन्त्रीले आज राजीनामा दिन लागेका छन्।

नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले मंगलबार अपराह्न मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा दिन लागेका हुन्। शर्मा माओवाादी केन्द्रबाट निर्वातित सांसद हुन्।

सोमबार केन्द्रको कांग्रेस-माओवादी गठबन्धन टुटेपछि कर्णालीमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिन लागेका हुन्।

कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल र उद्योग, पर्यटन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले पदबाट राजीनामा दिन लागेका छन्।

नियुक्त भएदेखि हालसम्म आफ्नो नेतृत्वमा सम्पादन गरिएका मन्त्रालयका कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेर मुख्यमन्त्री समक्ष राजीनामा दिइने आर्थिक मामिला तथा योजना मन्त्रीका स्वकीय सचिवले जानकारी दिए।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार ११:५३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।