Logo

अर्थ

सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौं- दैनिक उच्च रेकर्ड बनाउँदै सुन महँगिएको छ। हिजो मंगलबार त्यसअघिका सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको थियो। बुधबार फेरि ५ सय रुपैयाँ बढेपछि अर्को उच्च रेकर्ड कायम भयो। बुधबार सुनको मूल्य तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँ पुगेको छ।

फागुनको ३ गते तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ रहेको सुन २० दिनमै ७ हजार रुपैयाँ बढेको छ। अन्तर्राष्ट्रिय बजारमै छोटो समयमै उच्च दरले मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ४४५ रुपैयाँ रहेको चाँदी बुधबार १ हजार ४४० रुपैयाँमा झरेको छ।

 

प्रकाशित मिति : फाल्गुन २३, २०८० बुधबार  ११ : ०६ बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।