काठमाडौं । यस वर्षको ९६औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा अवार्ड जितेको छ ।
ओपेनहाइमरलाई उत्कृष्ट चलचित्र, सर्वश्रेष्ठ निर्देशक (क्रिस्टोफर नोलन), सर्वश्रेष्ठ अभिनेता (सिलियन मर्फी), सर्वश्रेष्ठ सहायक अभिनेता (रोबर्ट डाउनी जुनियर), सर्वश्रेष्ठ छायांकन (होयटे भान होयटेमा), सर्वश्रेष्ठ चलचित्र सम्पादन (जेनिफर लेम), सर्वश्रेष्ठ मौलिक संगीतको लागि अवार्ड दिइएको छ ।
क्रिस्टोफर नोलनद्वारा निर्देशित यो चलचित्रले यस वर्षको अस्कर अवार्डमा कुल १३ विधामा मनोनयन प्राप्त गरेको थियो ।
प्रतिक्रिया