Logo

आजको तस्बिर

वसन्त ऋतुलाई स्वागत गर्न ढकमक्क फूलेका ‘चेरी’ (तस्वीरहरू)



काठमाडौं । वसन्त ऋतुसँगै रूखबिरुवामा नयाँ पालुवा पलाउन थालेका छन् । यस ऋतुलाई फूल फुल्ने मौसमका रुपमा पनि लिइन्छ ।

काठमाडौं उपत्यकामा पनि विभिन्न बोटबिहरुले पालुवा फेर्न थालेका छन् भने ‘चेरी’ फूलले सौन्दर्य बढाएको छ । उपत्यकामा फूलको सौन्दर्यले वातावरण सुगन्धित र सबैलाई मोहित बनाइरहेको छ ।

काठमाडौँ उपत्यकालाई सुन्दर बनाउन बाटो, सरकारी कार्यालय र पार्कहरूमा  राज्यले फुलका बोट बिरुवाहरू देश–विदेशबाट ल्याएर लगाउने गरेको छ । यी फूलहरुलाई जापानी भाषामा ‘साकुरा’, अङ्ग्रेजीमा ‘चेरी ब्लसम’, नेपालीमा रैथाने पैँयू भनेर चिनिन्छ ।

तस्बिरहरु :

 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १७:०४   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।