Logo

प्रमुख समाचार

कालो मरीच सेवन गर्नुका थुप्रै फाइँदा



कालो मरीच लोकप्रिय मसला हो। यो तिखो, मसालेदार स्वादको लागि परिचित छ। मरीच हाम्रो भान्सामा प्रयोग हुने हुन्छ।

यसको सेवन तरकारी, अचार, सुप, चिया धेरैमा हुने गर्छ। मरीच मह, मनतातो दूध, सर्बत, सुप, तरकारीमा प्रयोग गरिन्छ। यसलाई जाडो महिनामा बालबालिकालाई रुघाखोकी लाग्दा मह र बेसारमा दूध मिसाएर खान दिने गरिन्छ।

कालो मरिचले केही मानिसलाई एलर्जी वा जलन हुन सक्छ। त्यसकारण सबैले यसको प्रयोग नगर्न पनि सक्छन्। तर, धेरैका लागि मरीच लाभदायक हुन्छ। यो चियामा पनि प्रयोग गर्न सकिन्छ।

यस्ता छन् मरीचका फाइँदा

१. यसमा पोटासियम हुने भएकोले मुटुको लागि उपयोगी मानिन्छ।
२. मानसिक तनाव कम गर्छ। सेतो रगत बढाउँछ।
३. पाचन सुधार, पाचनमा सहायता गर्ने, पेटको स्वास्थ्यलाई प्रवर्द्धन गर्ने एन्टिअक्सिडेन्टहरू मरीचमा उपलब्ध हुन्छ।
४. पोषक तत्त्व अवशोषण बढाउँछ।
५. सम्भावित एन्टिइन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणहरू तथा प्रभावहरूको कारण तौल घटाउन मद्दत गर्छ।
६. भिटामिन ‘बि’ हुने भएकोले क्याल्सियम उत्पादन गर्न सहयोग पुर्‍याउँछ।
७. चिसो लक्षणहरू कम गर्न सहयोग गर्छ।
८. छालाको स्वास्थ्य सुधार गर्न सहयोग गर्छ।
९. महिनावारीको समयमा पाठेघरलाई कडा बनाउन सहयोग गर्छ। जसले गर्दा महिनावारीको समयमा हुने दुखाइ कम गर्छ।
१०. एन्टिअक्सिडेन्ट गुणहरूको कारणले सम्भावित रूपमा केही पुरानो रोगहरूको जोखिम कम गर्न सहयोग गर्छ।

कालो मरीच के सबैको लागी सुरक्षित छ?

कालो मरीच प्राय: जसो मानिसहरूको लागि उपभोगको लागि सुरक्षित मानिन्छ। केही स्वास्थ्य अवस्थाहरू जस्तै ग्यास्ट्रोइन्टेस्टाइनल समस्याहरू वा एलर्जी भएका व्यक्तिहरूले ठूलो मात्रामा उपभोग गर्नुअघि स्वास्थ्य कर्मीसँग परामर्श गर्नुपर्छ। धेरैजसो मानिसहरूले कुनै पनि समस्या बिना मरीच उपभोग गर्न सक्छन्। तर, ग्यास्ट्रोएसोफेजल रिफ्लक्स रोग वा इरिटेबल बोवेल सिनड्रोम जस्ता केही चिकित्सा अवस्था भएका व्यक्तिहरूले लक्षणहरू बढाउन सक्ने सम्भावनाको कारणले उनीहरूको सेवन सीमित गर्न आवश्यक हुन्छ।

हाई प्रेसरमा मरीच सेवन गर्नु उपयुक्त हुँदैन। बवासिर भएका व्यत्तिहरूले मरीचको सेवन गर्न मिल्दैन। मरीचमा पाइपरिन नामक पदार्थ हुन्छ। जुन तातो खुर्सानीमा पाइने रसायन हो। यसलाई धेरै मात्रामा सेवन गर्नाले बारम्बार हाच्छ्युँ आउन सक्छ। त्यसैले महिनावारीको समयमा मरीचको प्रयोग भएको खानेकुराको सेवन गर्नु हुँदैन।

(अनलाइनपानाका लागि भूमिका के. बिष्टले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार ०७:०२   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।