Logo

समाचार

चेतनाको चिराग



जब कविता बोल्छ
खुल्छ ढोका चेतनाको
कविता बोलेपछि
बत्ति बल्छ अन्धकारमा
कबिता बोलेपछि
अध्यारोको आडमा
सताउनेहरू मानिसलाई
झस्किन्छन् कवितादेखि

निषेध गरिएका छन् कविताहरू
कविता बोलिइसकेपछि
सुनिइसकेपछि कविता
हल्लिन्छन् पहाड ठान्ने अहंकारहरू
धुलिकण गरिदिन्छ
कविताले अहंकारहरूलाई

यात्रामा तगारो हुने
जल मार्गमा सहारा बनेर
पार लगाइ दिने
डुंगा हो कविता
सहारा हो कविता

संगीतको सुमधुर
धुन हो कविता
मनलाई उमंग उपहार दिने
हृदयलाई झरंकृत गर्ने
उल्लासको गीत हो कविता

विरह व्यथा पीडाको घाउमा
मल्हम र ओखती हो कविता
त्रास, निराश अनि विरक्तीमा
आशा र उत्साहको पुकार हो कविता
एक्लिदा सहारा दिने
मीत हो कविता

कविता विद्रोही भएर जागेपछि
कविताले विद्रोह हाकेपछि
विद्रोहले आकाश छोएको छ
बोल्न नसक्ने नि बोल्न थाल्छन्
सुन्न नसक्ने नि सुन्न थाल्छन्
निरिहहरू साहसी र
निर्धाहरू बहादुर भएका छन्

बत्ती, बारूद, विद्रोह र बहादुरी
संगीत, सहास र सहारा
आड र ओखती
चेतनाको चिराग
मल्हम र मसाल
बोक्ने कविता लेखिइ रहुन्

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १३:४२   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।