Logo

शिक्षा

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरिएका अनुगमन अनुमतिपत्र रद्द गरेको छ ।

प्रदेश परीक्षा तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक पदाधिकारी बाहेकको अनुगमन अनुमति पत्र बोर्डले रद्द गरेको हो ।

अनुगमनको नाममा आधिकारिक पदाधिकारी बाहेकका व्यक्ति परीक्षा केन्द्रहरूमा गएका कारण परीक्षार्थीहरूलाई असुविधा भएको बोर्डले जनाएको छ । अनुगमन अनुमति रद्द गरेका व्यक्तिको आवश्यकता परेमा पर्यवेक्षण मात्र गर्न लगाउने बोर्डले जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै बोर्डले भनेको छ, ‘अनुगमनका लागि खटिनु पर्ने आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्तिहरू विभिन्न परीक्षा केन्द्रहरूमा गएको कारणबाट परीक्षार्थीहरूको लेखन कार्यमा असुविधा भएको भनी केही जिल्लाका केन्द्रहरूबाट गुनासा प्राप्त भएको विषयमा राष्ट्रिय परीक्षा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य व्यक्तिहरूका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका अनुमतिपत्र रद्द गरिएको छ । ’

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार १४:३०   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।