Logo

आजको तस्बिर

तस्बिरमा हेर्नुहोस् विश्व शीर सगरमाथा



सोलुखुम्बु- सोलुखुम्बु भन्ने वित्तिक्कै सर्वोच्च शिखर सगरमाथाका मनोरम दृश्य जोसुकैको मानसपटलमा आउँछ। पर्यटकीय गन्तव्यका रूपमा चिरपरिचित सोलुखुम्बु विश्वकै आकर्षक गन्तव्य हो।

सोलुखुम्बुमा वर्षेनी हजारौंको संख्यामा पर्यटक घुम्न आउँछन्। उनीहरू खासगरी सर्वोच्च शिखर सगरमाथा र त्यहाँका मनोरम दृष्य अवलोकन गर्नका सोलुखुम्बु पुग्नेगर्छन्।

सोलुखुम्बु सिधा हावइमार्गमार्फत फाप्लु विमानस्थल, फाप्लु र तन्जिङ हिल्लारी विमानस्थल लुक्ला पुग्न सकिन्छ। सडक मार्गबाट सिन्धुलीको खुरकोट, उदयपुरको घुर्मी र ओखलढुंगा हुँदै सोलुखुम्बु पुग्न सकिन्छ।

सोलुखुम्बुको माथिल्लो भेगमा जान पर्यटकहरू लुक्ला हुँदै जान्छन्। यातायातको माध्यमबाट सदरमुकाम सल्लेरी हुँदै पनि जाने गर्दछन्।

सदरमुकाम आसपासबाटै पनि प्राकृतिक मनोरम दृष्यहरू अवलोकन गर्न सकिन्छ। सोलुखुम्बुको माथिल्लो भागहरू जस्तै लुक्ला, नाम्चे, खुन्दे र खुम्जुङ आदिबाट हिमाली र विभिन्न प्रकृतिक दृष्य नियाल्न पाइन्छ। समुन्द्रीम सतहबाट करिब ३४५० मा रहेको नाम्चेको आसपासको क्षेत्रहरूबाट विश्वकै सर्वोचशिखर सगरमाथादेखि अन्य विभिन्न प्रतिष्ठित हिमालको अबलोकन गर्न पाइन्छ। तस्बिरहरू ट्रेकिङ गाइड अमर राई

तस्बिरहरू:

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १४:००   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।