Logo

साहित्य

चैत महिमा



वसन्तका पालुवासँगै
खुसीहरूलाई लहरित पार्ने
पुष्प सुन्दरी जस्तै
सुन्दर मेरो चैत मास

कोयलको कुहुकुहु
हरियाली पालुवा
लालिगुराँस
चराहरूको चिरविर
लहरीने हुरी
कति सुन्दर चैत मास
वाह ! कति चञ्चल प्रकृति

हुरी चल्ने दिन
मन बहकिने योवन
प्रकृतिको साथ
र, तिम्रो काख
बजाइ दिउ लाग्छ
पिरतीको बासुरी
सजाइ दिउ लाग्छ
प्रेम माधुरी
आहा ! कति राम्री चैत सुन्दरी

प्रकृतिको काखमा
मन्द मुस्कान साथमा
नौरंगी डाँफे मुनाल
नाच्छन् आफ्नै मादमा
आउ पवन सुस्तरी छोएर जाउ
जोडिएका हाम्रा प्रेमिल काँधमा
यसैगरी आइरहौं वसन्त हाम्रो माझमा
लहरी रहुँ झैँ लाग्छ चैत सुन्दरीको साथमा

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १३:३९   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।