काठमाडौं । नेपाल आइडल सिजन–२ का बिजेतासमेत रहेका गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रविकी श्रीमतीले बलात्कारको जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भएको हो ।
कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत रवि पत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए ।
रविको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।





















प्रतिक्रिया