Logo

मनोरञ्जन

आधुनिक गीत प्रतियोगितामा संगीतकार ज्योति प्रकाश प्रथम



काठमाडौं । रेडियो नेपालले ७४औं वार्षिक उत्सवको अवसरका आयोजना गरको आधुनिक गीत प्रतियोगितामा संगीतकार ज्योति प्रकाश प्रथम भएका छन् ।

आधुनिक संगीत विधामा देश भरका ७४ संगीकारहरुले प्रतिशप्रर्धा गरेको प्रतियोगितमा सवैलाई उछिन्दै ज्योति प्रकाश प्रथम स्थान हाँसिल गर्न सफल भएका हुन् ।

सुमि सिंहले लेखेको “भन्नलाई त सजिलो छ” भन्ने बोलको गीतमा संगीत भरेका ज्योतिले प्रतियोगितामा गीत आफै गाएर सुनाएका थिए ।
प्रथम भएका ज्योतिलाई सूचना संचार तथा प्रविधी मन्त्री रेखा शर्माले नगद रु २५ हजार र प्रमाण पत्रले सम्मान गरेकी थिईन् ।

चित्रकलामा विद्याबारिधी गर्दै गरेका ज्योति प्रकाश आधुनिक विधाको गायन तथा शव्द लेखनमा पनि उत्तिकै दख्खल राख्दछन् ।

सानै उमेर देखि चित्र कला तथा नेपाली गीत संगीतमा रुचि राख्ने ज्योतिले दर्जनौ आधुनीक गीत नेपाली सांगीत प्रमि स्रोतालाई दिएका छन् ।
उनले भरेको संगीतमा कलाकार तथा गायक मुरलिधर, उदय सोताङ, मनिला सोताङ, रामकृष्ण ढकाल, शिशिर योगी, अञ्जु पन्त जस्ता चर्चित गायकले स्वर दिएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार १६:५०   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।