पाँचथर । वसन्त ऋतुको आगमनसँगै नेपालको पहाडी क्षेत्रका वनजंगलमा लालीगुराँस फुलेर ढकमम्क भएका छन् । लालीगुराँसले ढकमक्क भएसँगै वनजंगलले सबैलाई मोहित पार्ने गरेको छ ।
नेपालका ४३ जिल्ला ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, कास्की, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी, डोल्पा, रुकुम (पूर्व), रोल्पा, प्यूठान, जाजरकोट, रुकुम (पश्चिम), जुम्ला, मुगु, हुम्ला, दैलेख, कालीकोट, बाजुरा, अछाम, डोटी, डँडेलधुरा, बैतडी, बझाङ र दार्चुलामा गुराँस पाइने उल्लेख छ ।
यतिबेला पाँचथरको फिदिम पनि लालीगुराँसले ढकमक्क ढाकेको छ । फिदिम नगरपलिका-१४ स्थित सुकेपोखरी र आसपासको क्षेत्रहरुमा फुलेको गुराँसलाई हामीले क्यामेरामा कैद गरेका छौं ।तस्बिरहरु : शर्मिला मुखिया / सुम्हात्लुङ एफ.एम. पाँचथर
तस्बिरहरु :
































प्रतिक्रिया