Logo

अर्थ

शहिद स्मारक कलेज कीर्तिपुरलाई कृषि विकास बैंककाे सहयोग



काठमाडौं । कीर्तिपुरको सामुदायिक र सबैभन्दा पुरानो कलेज सहिद स्मारक कलेजलाई कृषि विकास बैंकले चार लाख रुपैयाँ बराबरको फर्निचर र अन्य सामाग्री हस्तान्तरण गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले कलेजको लागि फर्निचर र अन्य सामाग्री हस्तान्तरण गरेको हो । कलेज सञ्चालक समितिका अध्यक्ष शम्भुराम महर्जनको अध्यक्षतामा आयोजना भएको एक कार्यक्रममा बैंकको तर्फबाट कलेजलाई आर्थिक सहयोग हस्तान्तरण भएको हो । कार्यक्रममा प्रमुख अतिथि कृषि विकास बैंकका बरिष्ठ उपमहाप्रवन्धक प्रताप सुवेदीले क्याम्पस संचालक समितिका अध्यक्ष शम्भुराम महर्जन र क्याम्पस प्रमुख मिलनमान महर्जनलाई सहयोग सामाग्री हस्तान्तरण गरे ।

कार्यक्रममा कलेज संचालक समितिका सम्पूर्ण पदाधिकारी तथा कलेज प्रमुख र प्राध्यापकहरुको उपस्थिति थियो । कार्यक्रममा कृषि विकास बैंकका प्रदेश कार्यलय बाग्मतीका मुख्य निर्देशक मिनराज पोखरेल, कीर्तिपुर शाखाका प्रबन्धक जिबलाल खनाल, शाखा प्रमुख मदुसुदन खकुरेलको उपस्थिति थियो ।

सोही कार्यक्रममा प्रमुख अतिथि प्रताप सुवेदीले सहिद स्मारक कलेजको वार्षिक मुखपत्र सहिद बिम्बको पनि बिमोचन गरे । ७७ जिल्लाका १५ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्ने सो क्याम्पस गुणस्तरिय शिक्षाका लागि समेत आकर्षक गन्तव्य बनेको छ ।         कार्यक्रम संचालन कलेज प्रमुख सन्जय ज्ञावलीले गरेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १७:१५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।