Logo

अर्थ

कनेक्ट आइपीएसबाट स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउने अवसर



काठमाडौं । कनेक्ट आइपीएसले स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ती पाउन सकिने सुनौलो अवसर ल्याएको छ । अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरुले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रूपैयाँसम्मको छात्रवृत्ती रकम प्राप्त गर्न सक्नेछन् ।

यो अफर कनेक्ट आइपीएसबाट बैशाख ३१ गतेसम्म अनलाइन फी भुक्तानी गर्दा लागू हुनेछ । अफरको अन्त्य पछी कनेक्ट आइपीएसकाे आधिकारिक वेबसाईट (www.connectips.com) मा बिजेताको जानकारी प्रकाशित गरिनेछ । साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तीको रकम जम्मा गरिनेछ ।

अभिभावकहरु तथा विद्यार्थीहरुलाई कनेक्ट आइपीएस मार्फत अनलाइन फी भुक्तानी गर्न निकै सहज हुन्छ । कनेक्ट आइपीएसबाट ७०० भन्दा बढी स्कूलहरुको भुक्तानी गर्न सकिन्छ ।

भुक्तानीकर्ताले कनेक्ट आइपीएसको वेब वा एपमा लग इन गरी कनेक्ट आइपीएस अन्तर्गत क्रेडिटर्स पेमेन्ट(Creditors Payment)मा क्लिक गरी एजुकेसनल इन्स्टिच्युसन(Education Institution)मा क्लिक गरी लिस्टबाट भुक्तानी गर्नुपर्ने स्कूल छनोट गरी मागिएका अन्य विवरण दाखिला गरी आफ्नो खाताबाट सजिलै भुक्तानी गर्न सक्दछन् । साथै शैक्षिक संस्थाहरुले आफ्नो तोकिएको बैंक खातामा सोझै रकम प्राप्त गर्न कनेक्ट आइपीएसमा क्रेडिटरको रुपमा आबद्ध हुन सक्दछन् । यसका लागि आफ्नो सम्बन्धित बैंक वित्तीय संस्था सँग सम्पार्क गरी अनलाइन सेवा लिन सकिन्छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलवार १०:४९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।