Logo

प्रमुख समाचार

महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले डोजरले सडक खन्ने क्रममा भएको काम भन्दा बढि मुल्यांकन गरी ३८ लाख ७६ हजार २७० बढी भुक्तानी लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर हुनेमा महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, इन्जिनियर रुद्र वली, सव इन्जिनियर हरि प्रसाद पाण्डे, वडा नम्बर २ का तत्कालिन वडा अध्यक्ष गौकला सिंह, उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जमकला काफ्ले र सचिव दधि कामी तथा महावैं गाउँपालिकाका लेखापाल मलिम रावत रहेका छन् ।

प्रकाशित मिति : बैशाख १३, २०८१ बिहीबार  ५ : ०२ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।