Logo

समाचार

जीबी राईको हत्या भइसकेको दाबी गर्ने खनाल पक्राउ



काठमाडौं । नक्कली आईडी बनाइ सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ ।

जीबी राई ‘हत्या’ सम्बन्धमा छानबिन होस् भनि नेपाल प्रहरीको वेबसाइटमा भिडिओ पठाएपछि खनाललाई पक्राउ गरिएको जिल्ला परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले फेक आईडीबाट सो भिडिओ पठाएको छानबिनबाट खुलेको प्रहरीको भनाइ छ । खनालले जीबी राईलाई गृहमन्त्री र प्रहरी प्रमुखले मारिसके जस्ता भ्रामक र अतिरञ्जित अभिव्यक्ति दिएको प्रहरीको भनाइ छ ।

उनीमाथि अनुसन्धानका लागि ३ दिन समय थपिएको छ । खनाल केही समयअघि पनि पक्राउ परेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार ०८:४४   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।