Logo

मनोरञ्जन

फिल्म निर्देशन गर्दै प्रकाश सपूत



काठमाडौं । गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्रकाशले ‘वसन्त’ नामको फिल्म बनाउने घोषणा गरेका हुन् । ‘वसन्त’ मा मुख्य भूमिकामा प्रकाश आफै रहने छन् भने उनको अपोजिटमा स्वस्तिमा खड्का हुने बताइएको छ ।

चलचित्रमा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ । चलचित्रको निर्देशन पनि प्रकाश सपुत आफैँले गर्दै छन् । सिनेमामा लेखन र संगीत समेत प्रकाशकै हुनेछ ।

चलचित्र आउँदो चैते दसैँमा रिलिज गरिने उनले बताएका छन् । सिनेमामा कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनेछन् ।

प्रकाशले चलचित्र ‘परदेशी–२’ मा अभिनय गरेका थिए । उनले फिल्म‘पूर्णबहादुरको सारङ्गी’मा अभिनय गर्नेछन् । आफ्नो फिल्म अघि यस फिल्मको छायांकन सक्ने उनले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आईतवार १७:१५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।