काठमाडौं । पछिल्लो समय चर्चित गायिका सुष्मा विसी र प्रमोद भुषालको स्वर सजिएको पारिवारिक जीवनलाई समेटेर तयार पारिएको लोक दोहोरी गीत झल्को, पालि खरैकोपछि अर्को गीत सार्वजनिक गर्ने क्रममा रोइला भजन ‘गठबन्धन’ सार्वजनिक भएको छ । उक्त गीतमा गायक प्रमोद भुषाल र गायिका सुष्मा विसीको स्वर रहेको छ भने शब्द र संगीत प्रमोद भुषालले भरेका छन् ।
गीत ‘द न्यू ईरा’ रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ गरिएको छ। सो गीतको म्युजिक भिडियोमा नारायणी खत्री, संचिता बोलाखे, राजाराम सिंखडा, ओमराज थापा र बलराम थापाले अभिनय गरेका छन् । राजेश घिमिरेले छाँयाङ्कन गरेको म्युजिक भिडियोको एरेन्ज कृष्ण बाजुरालीले गरेका हुन्। रोइला भजन ‘गठबन्धन’ प्रमोद भुषालको अफिसियल यूटुव च्यालनबाट सार्वजनिक गरिएको छ ।
यसअघि गायिका विसीले वसन्त थापा र आफ्नो स्वर सजिएको पारिवारिक जीवनलाई समेटेर तयार पारिएको लोकदोहोरी गीत “पालि खरैको” सार्वजनिक गरिसकेकी छिन् । गायिका विसीले स्वर दिएका सबैजसो गीत कर्णप्रीय भएर दर्शक/स्रोतको रोजाइमा पर्ने गरेका छन् । सार्वजनिक हुन लागेको रोइला भजन ‘गठबन्धन’ले पनि गीतरसंगीत पारखीको छनोटमा पर्ने विश्वास गायिका सुष्माले लिएकी छिन् ।
प्रतिक्रिया