Logo

मनोरञ्जन

सोल्टी हाेटलमा शुक्रबार भारतीय गायक राघबले नचाउने



काठमाडौं–भारतीय गायक राघव नेपालमा आफ्नो प्रस्तुति दिने भएका छन् । उनले आगामी शुक्रबार (मे १७ तारिक) काठमाडौंको सोल्टी क्राउन प्लाजामा आफ्नो प्रस्तुति दिने भएका हुन् ।

शुक्रबार बेलुका ८ बजे काठमाडौंको सोल्टी होटेलमा गायक राघबले आफ्नो प्रस्तुति दिने हाेटलले जनाएकाे छ ।  उनका ‘तेरी बातोमे ऐशा उल्झा जिया’, ‘डेस पार्डो’ लगायतका चर्चित गीतहरु रहेका छन् । नाजी इन्टरटेन्मेन्टले गायक राघवलाई नेपालमा ल्याउन लागेको हो । कार्यक्रमको टिकट इसेवाबाट काट्न सकिन्छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १९:१३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।