काठमाडौं । मोरङकाे रतुवामाई नगरपालिकामा प्रहरीले गोली हानेर एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त कारबाहीका क्रममा प्रहरीलाई देखेर भाग्न खाेजेपछि दुई राउण्ड गोली चलाएर भारतका ३४ वर्षीय भागिरथ हरिजनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
घटनामा भारतको बिहार, किसनगञ्ज–८ बस्ने भारतीय नागरिक भागिरथ हरिजनकाे तीघ्रामा गाेली लागेकाे छ । उनकाे उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । भागिरथकाे साथबाट एक माेटरसाइकल र १५० ग्राम ब्राउन सुगर बरामद भएकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया