Logo

शिक्षा

शिक्षकहरूको तलब मासिक रूपमा भुक्तानी गर्ने सरकारको घोषणा



काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब मासिक रूपमा भुक्तानी गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइने बताए । शिक्षकहरूले हाल त्रैमासिक रूपमा तलब भुक्तानी पाउँदै आएका छन् ।

शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिइने सरकारको योजना रहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार १७:०५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।