Logo

समाचार

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ



 काठमाडाैं । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका-९ घर भई हाल काठमाडौ्को तार्केश्वरमा बस्‍ने २४ वर्षीय राकेश सुनार भन्‍ने गोपाल सुनार र गोरखाको पालुङटार-८ घर भई हाल टोखा नगरपालिका-६ बस्‍ने आयुष भन्‍ने २५ वर्षीय आकाश बाबु विक रहेका छन् ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले बेरोजगार महिलाहरुलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिजिट भिसामा दुबई लगी प्रलोभनमा पारेर कुवेत पुर्‍याई मानव बेचविखन गरेको प्रहरीको आरोप छ ।

गोपाल सुनारको समूहले हालसम्म २५ जना महिलाहरूलाई कुवेत पठाएको अनुसन्धानबाट थाहा भएको छ । उनीहरूलाई कारबाही गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले मानव बेचबिखन ब्युरोमा पठाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार १४:२९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।