Logo

प्रमुख समाचार

८ करोड बराबरको कोकिनसहित ३ विदेशी महिला पक्राउ



काठमाडौं । ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित ३ विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ गरेका तीनै जना अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको प्रहरीले जनाएको छ ।

वैशाख ३० गते काठमाडौं ओर्लिएकी ४४ वर्षीय युगाण्डाली महिला केभिना मुगलाले सिनामंगलबाट पक्राउ परेकी थिइन् । उनले प्लास्टिकले र्‍याप गरेर पेटभित्र निलेको अवस्थामा ९० वटा कोकिन क्याप्सुलहरु १ केजी २६० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै पक्राउ परेकी अर्की युगान्डाली नागरिक लिलियान सुसन वानयाङजीले चकलेटभित्र कोकिन मिसाएर ल्याएको पाइएको थियो । ती चकलेटमा १ केजी ३९४ ग्राम कोकिन बरामद भएको पाइएको प्रहरीले जनाएको छ ।

भारतीय नागरिक ३३ वर्षीया दिवाजनी पाल जेठ २ गते धोबिचौरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनी १ किलो ३९४ ग्राम कोकिन किन्नको लागि धोबिचौर पुगेकी थिइन् ।

 

 

प्रकाशित मिति : जेष्ठ ३, २०८१ बिहीबार  २ : २२ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।