Logo

समाचार

सुनसरीमा प्रहरीले लागूऔषध काराेबारीमाथि चलायो गोली



काठमाडौं। सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीमाथि गोली हानेर नियन्त्रणमा लिएको छ।

रामधुनी नगरपालिका-६ मा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।

दुई जनालाई लागूऔषधसहित पक्राउ गरिएको र एक जना भाग्ने क्रममा दुई राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट वरिष्ठ नायब निरीक्षक सइ बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले गोली चलाएको हो।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार २१:२९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।