काठमाडौं । वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । ओडलाई जिल्ला अदालत कञ्चनपुरले ५ लाख धरौटीमा रिहा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका अनुसार ओडविरुद्ध उनकी श्रीमतीले चैत २० गते वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा कञ्चनपुर प्रहरीले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि ओडले प्रहरीमा आत्मसमर्पण गरेका थिए ।
प्रतिक्रिया