Logo

अर्थ

मुक्तिनाथ विकास बैंकद्वारा रम्भादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण



काठमाडौं । मुक्तिनाथ विकास बैंकले नवलपुरको वुलिङटारस्थित रम्भादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण गरेको छ ।

बैंकले शिक्षा तथा बालबालिकाहरुको हितलाई मध्यनजर गर्दै नर्सरीदेखि कक्षा ५ सम्मका ७६ जना विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण गरेको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीहरु र विद्याथीहरुको उपस्थिति रहेको बैंकले जनाएको छ । यस सहयोगबाट स्थानीय बालबालिकाहरु विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : जेष्ठ ६, २०८१ आईतबार  १ : ५४ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।