काठमाडौं । कागेश्वरी मनोहराको थलीमा मृत अवस्थामा भेटिएका पुरूषकी छोरी पक्राउ परेकी छन् । भक्तपुर नगरपालिका-७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी मंगलबार बिहान मृत अवस्थामा भेटिएका थिए ।
मंगलबार दिउँसो बबरमहलबाट नगरकोटीकी छोरीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
यसअघि नगरकोटीका छोरालाई फर्पिङमा घाइते अवस्थामा भेटिएको थियो । छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
थलीको उकालोमा कृष्ण मृत अवस्थामा देखेपछि मर्निङ्वाक गर्नेले प्रहरीलाई खबर गरेका थिए । कालो कपडाले मुख छोपेको र रगत बगिरहेको अवस्थामा शव भेटिएको थियो ।
प्रतिक्रिया