काठमाडौं । महालक्ष्मी विकास बैंकले ३०औँ वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यमिक विद्यालय नक्साल काठमाडौँमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित छात्रवृत्ति श्रेष्ठका छोरा तथा मनकामना दर्शन प्रा.लि. का निर्देशक राजेश बाबु श्रेष्ठले विद्यालयका पदाधिकारीहरू र बैंक व्यवस्थापनको रोहबरमा छात्र मण्डललाई हस्तान्तरण गरेका हुन् ।
अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले रु.पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ ।
प्रतिक्रिया