काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अस्वाभाविक जीवनशैलीका साथै आर्जनसमेत देखिएको भन्दै आयोगले बुधबार अर्को मुद्दा दायर गरेको हो । अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको दाबी अभियोगपत्रमा गरेको छ ।
विकल पौडेल विरुद्धका थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन् ।
प्रतिक्रिया