Logo

समाचार

सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, गाइड शेर्पा बेपत्ता



काठमाडौँ । सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत अवस्थामा भेटिएका छन् ।

पर्यटन विभागका अनुसार बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिएका छन् । साथै उनी सँगै गएका नेपाली शेर्पा डवाङ शेर्पा सम्पर्कविहीन बनेका छन् ।

उनीहरुले सगरमाथा आरोहण गरे नगरेको यकिन नभएको विभागले जनाएको छ । विहीबार अपराहन्न २ बजेसम्म सम्पर्कमा नआएपछि चार अनुभवी माउन्टेन गाइडलाई परिचालन गरिएको र केन्याली नागरिक किरुई मृत भेटिएका थिए । साथै सम्पर्कमा नरहेका शेर्पाको अहिले पनि खोजी कार्य जारी रहेको बिभागले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहीबार १८:०३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।