Logo

समाचार

बाख्राले बाली खाएकाे विषयमा विवाद हुँदा भरूवा बन्दुक प्रहार गरी एकजनाकाे हत्या



भोजपुर । टेम्केमैयुङ गाउँपालिका-४ नागी बस्ने ६३ वर्षीय राजकुमार राईलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय मणीप्रसाद राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बाख्राले बाली खाएको विषयमा वादविवाद हुँदा मणीप्रसादले बन्दुक प्रहार गरी राजकुमारकाे हत्या गरेकाे प्रहरीले जनाएकाे छ । बाख्राले बाली खाएकाे विषयमा भएकाे विवादमा भरुवा बन्दुक प्रहार गरेपछि  राज कुमारको घटनास्थलमै मृत्यु भएको थियाे ।  इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले मणीप्रसाद राईलाई बन्दुकसहित पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : जेष्ठ १२, २०८१ शनिबार  ५ : ३६ बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।