Logo

समाचार

भैंसी चराउने क्रममा विवाद हुँदा चक्कू प्रहार गरी एकजनाकाे हत्या



पर्सा। सखुवा प्रसौनी गाउँपालिका-४ प्रसौनी टोल बस्ने ५० वर्षीय ललाई हजरा दुसादलाई चक्कू प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय सुवाष हजरा दुसादलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भैंसी चराउने क्रममा वादविवाद हुँदा सुवाषले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका ललाई हजराको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : जेष्ठ ११, २०८१ शनिबार  ५ : ४० बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।